राजनीति News

प्रधानमन्त्री चाउ भेट

प्रधानमन्त्री चाउ भेट

फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले भेट गरेका छन् ।

चाउले आज बिहान बालुवाटार पुगी प्रधानमन्त्रीसँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए । भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको उल्लेख गरे ।

प्रधानमन्त्रीले सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी पनि दिए ।

कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्रीले बताए। भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताए। चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताए ।

Viatnmam

विशेष