News

भारत-नेपालको धार्मिक र पौराणिक सम्बन्धका कारण आर्थिक र व्यवसायीक सहकार्य – वित्तमन्त्री जेट्ली

भारत-नेपालको धार्मिक र पौराणिक सम्बन्धका कारण आर्थिक र व्यवसायीक सहकार्य – वित्तमन्त्री जेट्ली
नेपालको लगानी सम्मेलनमा सहभागि हुन आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीले भारत र नेपालको जरादेखिकै धार्मिक र पौराणिक सम्बन्धका कारण दुबै देशले आर्थिक र व्यवसायिक सहकार्य गर्दै आएको बताएका छन् । अर्थमन्त्री तथा उद्योगमन्त्रीको निमन्त्रणमा वित्तमन्त्री जेट्ली दुई दिवसीय औपचारकी भ्रणममा नेपाल आएका हुन् ।
भारतीय वित्तमन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्ले शिष्टचार भेट गरेका थिए भने अर्थमन्त्री कृष्णबहादुर महारा र उद्योगमन्त्री नविनराज जोशीसँगले द्विपक्षीय चासो र आपसी हितका विषमा विचारविर्मश गरेका थिए । उनले दुबै देशको सम्बन्धलाई अझ सहज बनाए भारतले नेपालमा थप लगानी गर्ने धेरै सम्भावना रहेको बताउँदै नेपालका जलविद्युत, प्रशारण लाइन, बाटोघाटो, रेल नेट्वर्क, स्वास्थ, शिक्षा, पर्यटन, सिचाईजस्ता धेरै महत्वपूर्ण क्षेत्रले भारतीय लगानीकर्ता आकर्षण गर्न सक्ने जानकारी दिए । यसका अलावा,काठमाडौं निजगढ फस्ट ट्रयाक, निजगढको दोस्रो अन्तराष्ट्रिय विमानस्थल, कोशी ड्यामको निर्माणमा भारत लगानी गर्न तयार भएको विश्वास व्यक्त गरे । द्वीपक्षीय भेटमा वित्तमन्त्री जेट्लीले नेपालले चेक पोष्ट, रेल, हुलाकी सडक, विद्यालय, स्वास्थ चौकीजस्ता क्षत्रको विकासको लागि केही आर्थिक सहयोग चाहिएको खण्डमा भारत त्यसको लागि ऋण दिन पनि तयार भएको बताए । माथिल्लो कर्णाली र तेस्रो अरुणको काम सकिएपछि नेपालले भारतलाई बिद्युत् निर्यात गर्न सक्ने कुरा बताउँदै जग्गा र मुवाब्जा वितरणको कामले गर्दा उक्त प्रोजेक्ट रोकिएको कारण अब छिटै नै उक्त काम टुंगाउनुपर्ने उनले बताए । यस्तैगरि अर्थमन्त्री महराले भारतलाई यो जाडोयामभरि ३८० मेगावाट विजुली दिएर नेपालका कयौँ शहरहरुलाई लोडसेडिङमुक्त बनाउन सकेकोमा धन्यबाद व्यक्त गरे । वित्तमन्त्री जेट्लीले भारतले देशको अर्थतन्त्रको विकासको लागि ल्याएको निती र विदेशी लगानीलाई आकर्षण गर्दाको अनुभवसमेत साटेका थिए । भारतमा नेपालीहरु लाखौँको संख्यामा रहेको र भारत नै नेपालको सबैभन्दा ठूलो व्यापारीक र लगानीको केन्द्रबिन्दु भएको बताए । नेपालको झण्डै दुई तिहाइ व्यापारीक कार्य भारतसँग हुने गरेको र भारतले नेपालमा ४० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी गर्दै आएको जानकारी दिए । वित्त मन्त्री जेट्ली शुक्रबार स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, उद्योग मन्त्रालयका सचिव शंकर कोइराला, नेपालस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार र नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्रीले विदाई गरेका थिए ।

Arun Jetli अरुण जेट्ली

विशेष