विदेश

लागुऔषध लुकाएको शंका लागेपछि जेलका सबै कैदीबन्दीलाई नांगेझार पारियो

लागुऔषध लुकाएको शंका लागेपछि जेलका सबै कैदीबन्दीलाई नांगेझार पारियो

एजेन्सी–फिलिपिन्स प्रहरीले जेलभित्रका कैदीलाई सामूहिक रुपमा निर्वस्त्र पारेर अमानवीय व्यवहार गरेको छ । कैदीले लागुऔषध लुकाएको आरोप लगाउँदै सेबु प्रान्तीय जेलका कैदीलाई बुधबार बिहान निर्वस्त्र पारेको हो । प्रहरी सेता र लागु औषधविरुद्धको ड्रग्सइफोर्समेन्ट एजेन्सीले सयौं बन्दीलाई सामूहिक रुपमा निर्वस्त्र पारेको हो । कैदीको निर्वस्त्र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि मावनअधिकारवादी संघसंस्थाले गम्भीर आपत्ति प्रकट गरेका छन् । फिलिपिन्स सरकारले कैदीबन्दीमाथि गरेको निर्दयी र अमानवीय व्यवहार उदांगो भएको छ–एम्नेस्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष