विदेश

इराकको मोसुल सहरमा पहिलो पटक रसायनिक आक्रमण, १२ घाइते १ को अवस्था गम्भीर

इराकको मोसुल सहरमा पहिलो पटक रसायनिक आक्रमण, १२ घाइते १ को अवस्था गम्भीर
फागुन–२१ । इराकको मोसुल सहरमा पहिलो पटक रसायनिक हतियारबाट आक्रमण गरिएको भटिएको छ । मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको र आक्रमणबाट १२ जना घाइते भएको रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसिआरसी) ले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आक्रमणमा ५ बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालको अवस्ता गम्भीर छ । रेडक्रस समितिका अनुसार आक्रमणमा प्रयोग भएको रसायन पत्ता नलागेपनि घाइतेको उपचार रसायनिक हमलाको पीडितको रुपमा भइरहेको छ । अन्तराष्ट्रिय कानूनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । अतिवादी इस्लामिक संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि जिम्मेवारी भने कसैले लिएको छैन ।

इराक रसायनिक आक्रमण

विशेष