News

पत्रकार महासंघ बर्दियामा धिताल

पत्रकार महासंघ बर्दियामा धिताल
फागुन २१ । नेपाल पत्रकार महासंघ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन भएका छन् । यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुंगाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन भएका छन् । अधिवेशनले केन्द्रीय सभासद्मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिए । यस्तै प्रदेश सभासद्मा कमल पन्थी, यज्ञ नेपाल, हरिवंश पाण्डे, मंगलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योति पन्थी, विवेकराज भण्डारी, सञ्जय आचार्य र दिनेश यादव चयन भएका छन् ।

nepal patrakar mahasang

विशेष