विदेश

ट्रम्पले लगाएको आरोप बाराक ओबामाद्वारा खण्डन

ट्रम्पले लगाएको आरोप बाराक ओबामाद्वारा खण्डन
फागुन २२ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको खण्डन गरेका छन् । राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए ।तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका हुन् । ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको स्पष्ट पारेका छन् । उनले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताए । राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने ल्याउन सकेका छैनन ।

Barak Obama Donald Trump

विशेष