विदेश

मलेसियाले गर्यो उत्तर कोरियाली राजदूतलाई देश निकाला

मलेसियाले गर्यो उत्तर कोरियाली राजदूतलाई देश निकाला

फागुन २२ । उत्तर कोरिया र मलेसियाको कुटनीतिक सम्वन्ध थप चिसिएको छ ।

उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नेमको हत्यापछि बिग्रिएको सम्वन्धका कारण मलेसियाले उत्तर कोरियाका राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

राजदूत काङ्ग चोललाई मलेसियाले ४८ घन्टाभित्र देश छाड्न मलेसियाले दिर्नेशन दिएको छ ।

राजदूत चोलले किमका सौतेली भाई भाई नेमको शवपरीक्षणलाई आफ्नो देशले विश्वास नगर्ने बताएका थिए । मलेसियाले उक्त भनाइमा क्षमायाचना गर्न भनेको थियो। तर, मलेसियन सरकारको निर्देशनप्रति उनी सकरात्मक नभएपछि देशनिकाला गरिएको हो ।

मलेसियाको विदेश मन्त्रालयले राजदूतलाई मलेसिया राख्न सम्भवन नभएको एक विज्ञप्तिमा जनाएको छ । उत्तर कोरियाले नेमको मृत्युपछि शव परीक्षण स्वदेशमै गर्ने प्रयत्न गरेको थियो । तर, संवेदनशील विषय बताउँदै मलेसियाले यसलाई अस्वीकार गरेको थियो ।

Kim Jong Nam north Korea

विशेष