विदेश

सोमालियामा भोकरीमा परी ४८ घण्टामा १ सय १० जनाको मृत्यु

सोमालियामा भोकरीमा परी ४८ घण्टामा १ सय १० जनाको मृत्यु
फागुन २२ । सोमालियामा भोकमरीमा परी १ सय १० जनाको मृत्यु भएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भोकमरीले १ सय १० जनाको ज्यान गएको पुष्टि गरेका हुन् । सोमालियाको दक्षिण–पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण यति धेरैको ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने जानकारीमा नआएको बीबीसीले जनाएको छ । सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ । अहिले सोमालियाका झन्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण २ लाख ६० हजारभन्दा धेरैको ज्यान गएको थियो । सोमालियासहित नाइजेरिया, दक्षिणी सुडान र यमन अहिले भोकमरीको गम्भीर चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  राष्ट्रसंघले भोकमरीको चपेटामा रहेका मानिसको सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको छ ।

Somaliya Hunger Strik

विशेष