Technology News

चैत १ गतेदेखि देशभर लोडसेडिङ नहुने

चैत १ गतेदेखि देशभर लोडसेडिङ नहुने
फागुन–२३ । नेपाल विद्युत प्राधिकरणले आगामी चैत १ गतेदेखि देशभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले चैत ३ गतेबाट सुरु हुने एसएलसी परीक्षालाई लक्षित गरि दुई हप्ताको लागि लोडसेडिङ नगर्ने निर्णय गरेको हो । होटेल व्यवसायीले सहयोग गर्ने भएपछि नियमित विद्युत आपूर्ति गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणको अनुरोधपछि व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । एसएसली अवधिसम्म बढी माग हुने साँझको ३ घण्टा आपूmसँग भएका डिजेल प्लान्ट सञ्चालन गरेर ग्रिडको विद्युत खपत नगरिदिन प्राधिकरणले होटल व्यवसायीसँग अनुरोध गरेको थियो । एसएलसी परीक्षाभर देशभर लोड व्यवस्थापन गर्न कुलेखानीलाई अहिलेभन्दा बढी घन्टा बढाएर पूर्ण क्षमतामा चलाउने प्राधिकरणको तयारी छ । साथै विराटनगर र हेटौडामा रहेका ३९ मेगावाटको मल्टिफ्युल तथा १४ मेगावाटको प्लान्ट क्रमशः ५ र १० मेगावाटसम्म सञ्चालन गर्ने तयारी छ ।

एसएलसी परीक्षा नेपाल विद्युत प्राधिकरण लोडसेडिङ

विशेष