News

सप्तरी घटनाः घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, ३ दर्जन सुरुक्षाकर्मी घाइते

सप्तरी घटनाः घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, ३ दर्जन सुरुक्षाकर्मी घाइते
फागुन – २३ । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगको दोस्रो दिनको कार्यक्रम हिंसात्मक बन्न पुगेको छ । सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा कार्यक्रम चलरिहँदा प्रहरी र मधेसी मोर्चाका कार्यक्रताबी झडप भएको हो ।
मोर्चाका कार्यक्रता र प्रहरीबीच भएको झडपमा कम्तीमा एकजना कार्यकर्ताको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएको छन् । प्रहरीको गोली लागेर मलेठ गाविस वडा नं २ का अन्दाजी १८–१९ वर्षीय सञ्जय मेहताको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो । त्यसैगरी मोर्चाका कार्यकर्ताको आक्रमणबाट ३ दर्जन सुरुक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । अभियानअन्तर्गतको कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ताले घरलु हातहतियार तथा लाठीसहित एमालेका कार्यकर्तामाथि जाइलागेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपलाई तितरबितर पार्न प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर अश्रुग्याँस प्रहार गरेको थियो । उक्त घटनामा अन्य १५ जना घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनाको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने ११ जना घाइतेलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । सो कार्यक्रम सकिए लगत्तै मोर्चाका कार्यक्रताले एउटा मोटरसाइकल जलाएका थिए भने दर्जनभन्दा बढी गाडी तोडफोड गरेका थिए । राजविराजको कार्यक्रम सकेर एमालेका नेता तथा कार्यकर्ताको टोली कन्चनपुर बजारतर्फ फर्किसकेको छ । सभा सुरु हुनुभन्दा पहिले एमालेको कार्यक्रमस्थल नजिक गहुँबारीमा मोर्चाका कार्यकर्ताले कालोझण्डासहित नारावाजी गरि विरोध जनाउनुका साथै बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहारसमेत गरेका थिए ।

Madeshi Morcha Rajbiraj

विशेष