विदेश

उत्तर कोरियाका तीन मिसाइल जापानी समुद्रमा

उत्तर कोरियाका तीन मिसाइल जापानी समुद्रमा
फागुन - २३ । उत्तर कोरियाले फेरी एकपटक चार वटा प्रतिबन्धित शक्तिशाली क्षेप्याश्त्र (ब्यालेस्टिक मिसाइल) परीक्षण प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । चारवटै मिसाइल करिब एक हजार किलोमिटरको दूरीसम्म आकाशमा उडी समुद्रमा झरेका थिए । चारमध्ये तीनवटा मिसाइलहरु जापानी सागरमा अवस्थित, जापानले आफ्नो निर्बाध आर्थिक प्रयोजनका लागि उपयोग गर्दै आएको सामुद्रिक खण्डमा झर्न पुगेको दक्षिण कोरियाली तथा जापानी अधिकारीहरुले बताएका छन् । केहीअघि, वासिङ्गटन र सोल मिलेर संयुक्त रुपमा विशाल सैनिक अभ्यास प्रदर्शन गरेको जवाफमा प्योङ्गयाङ्गले अहिले उक्त क्षेप्याश्त्र परीक्षण गरेको अडकल दुवै देशका अधिकारीहरुले गरेका छन् । परीक्षण गरिएका मिसाइलको क्षमता भने तत्कालै खुल्न सकेकेको छैन । तर पनि मिसाइलले तय गरेको दूरीका आधारमा लामो दूरीका हुन् भन्ने अनुमान गरिएको छ । यसअघि, केही महिनायता उत्तर कोरियाले विभिन्न शृङ्खलाका साना, ठूला आधुनिक क्षेप्यास्त्रहरु निरन्तर परीक्षण गर्दै आइरहेको थियो । अमेरिका र दक्षिण कोरियाबाट जहिले पनि उत्तर कोरियालाई खतरा रहेको भन्ने मानसिकता बोक्नु भएका राष्ट्रपति किम जोङ्ग उन आफ्नो मुलुकको आणविक शक्ति र क्षेप्यास्त्र क्षमतामा वृद्धि गराउनेतर्फ खुलेरै लागेका छन् । यस घटनापछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर र दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका उच्च पदाधिकारी किम क्वाङ्जिनबीच टेलिफोनमा कुराकानी हुँदा क्षेप्यास्त्र परीक्षणको निन्दा गरिएको छ । यसपछि उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन र प्रभावकारी दबाब दिन आपसी सहयोग गर्ने बारे गम्भीर छलफल भएको पनि दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ । उत्तर कोरियाको सम्भाब्य उछृङ्खलताको सामना र नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले अत्याधुनिक हातहतियार सहित दक्षिण कोरियामा २८ हजार पाँचसय र जापानमा ५० हजार सेना तैनाथ गर्दै आएको बताइन्छ ।

Missile north Korea

विशेष