News

सप्तरी घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

सप्तरी घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो
फागुन - २३ । सप्तरीको राजविराजमा प्रहरी र मधेसी मोर्चाका कार्यकताबीच भएको झडपमा मृत्यु हुनेको संख्या दुई पुगको छ । राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सो घटनामा एकजनाको घटनामा स्थलमै मृत्यु भएको हो भने अन्य एकको उपचारका क्रममा मृत्यु भएको हो । झडपमा १५ जनाभन्दा वढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने सुरक्षाकर्मी तर्फ ३ दर्जन घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनको रहेको छ । केही घाइतेलाई सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मेची-महाकाली अभियानअन्तर्गतको कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ताले घरलु हातहतियार तथा लाठीसहित एमालेका कार्यकर्तामाथि जाइलागेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपलाई तितरबितर पार्न प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर अश्रुग्याँस प्रहार गरेको थियो । सो कार्यक्रम सकिए लगत्तै मोर्चाका कार्यक्रताले एउटा मोटरसाइकल जलाएका थिए भने दर्जनभन्दा बढी गाडी तोडफोड गरेका थिए । राजविराजको कार्यक्रम सकेर एमालेका नेता तथा कार्यकर्ताको टोली कन्चनपुर बजारतर्फ फर्किसकेको छ ।

madhesi morcha mechi mahakali Saptai UML

विशेष