मुख्य समाचार News

अपडेटः सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो, एमालेको अभियान तीन दिनका लागि स्थगित

अपडेटः सप्तरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ पुग्यो, एमालेको अभियान तीन दिनका लागि स्थगित
फागुन – २३ । सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा एमालेको मेची –महाकाली अभियानको सभालाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा मृत्यु संख्या चार पुगको छ । एकजनाको घटनास्थलमै र तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीसँगको झडपका क्रममा रंजन मेहता घटनास्थलमै र दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा मृत्यु भएको हो । सो झडपमा १५ जनाभन्दा वढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने सुरक्षाकर्मी तर्फ ३ दर्जन घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनको रहेको छ । सो झडपपछि सोमबार साँझ बसेको एमाले स्थायी समितिको बैठकले अभियानलाई तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ । घटनापछि साँझ सप्तरीको रुपनगरमा बसेको एमालेको कामस्मिक बैठकले अभिनलाई रोक्ने निर्णय गरेको हो । मोर्चाका कारण राजविराजमा अकल्पनीय दुर्घटना भएको भन्दै एमालेले यसमा दुःखसमेत व्यक्त गरेको छ । अभियानअन्तर्गतको कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ताले घरलु हातहतियार तथा लाठीसहित एमालेका कार्यकर्तामाथि जाइलागेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपलाई तितरबितर पार्न प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर अश्रुग्याँस प्रहार गरेको थियो । सो कार्यक्रम सकिए लगत्तै मोर्चाका कार्यक्रताले एउटा मोटरसाइकल जलाएका थिए भने दर्जनभन्दा बढी गाडी तोडफोड गरेका थिए । सभा सुरुहुनु भन्दा पहिले एमालेको कार्यक्रमस्थल नजिक गहुँबारीमा मोर्चाका कार्यकर्ताले कालोझण्डासहित नारावाजी गरि विरोध जनाउनुका साथै बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहारसमेत गरेका थिए ।

madhesi morcha Saptari UML

विशेष