मुख्य समाचार News

मोर्चाले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने, बल प्रयोग नगर्न गृहमन्त्रीको निर्देशन

मोर्चाले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने, बल प्रयोग नगर्न गृहमन्त्रीको निर्देशन
फागुन–२३ । राजविराज घटनापछि बसेकाे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आकस्मिक बैठकले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागि मोर्चाका कार्यकर्ताको मृत्यु भएलगत्तै मोर्चाले अाकस्मिक बैठक बोलाएको थियो । साेमबार साँझ साढे सात बजेबाट संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यलयमा बसेकाे बैठकले सरकारलार्इ दिदै अाएकाे समर्थन फिर्ता लिने निर्णय गरेको हो। सोमबार दिउँसो नेकपा एमालेको मेची –महाकाली अभियानअन्तर्गतको राजविराजको कार्यक्रममा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । प्रहरीसँगको झडपका क्रममा रंजन मेहता घटनास्थलमै र दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा मृत्यु भएको थियो । साे घटनापछि नेकपा एमालेले मेची-महाकाली अभियानलार्इ तीन दिनका लागि स्थगित गरेकाे छ भने उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वलाई फोन गरेर बल प्रयोग नगर्न निर्दशन दिएका छन् । साे घटनामा घाइते भएकालाई सरकारले उपचार गर्ने भएको छ ।

मेची– महाकाली अभियान

विशेष