News

मधेस बन्दः सिरहामा एमाले पार्टी कार्यालयमा तोडफोड, सप्तरीमा मानवअधिकारको गाडी फुटाइयो

मधेस बन्दः सिरहामा एमाले पार्टी कार्यालयमा तोडफोड, सप्तरीमा मानवअधिकारको गाडी फुटाइयो

फागुन २४ । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले आह्वान गरेको दुइ दिने मधेस बन्दको पहिलो दिन तराईका विभिन्न जिल्लामा हिंसात्मक घटना भएका छन् ।

सिरहाको लाहानमा मधेसी मोर्चाका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले लहान नगरपालिका–१ मा रहेको एमाले क्षेत्रीय कार्यालयमा विध्वंस गरेका हुन् ।

मोर्चाका स्थानीय कार्यकर्ताले भने आक्रोशित समूहले तोडफोड गरेको बताएका छन् ।

सप्तरीमा बन्दको अनुमगनमा निस्केको राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा मधेसी मोर्चा कार्यकर्ताले तोडफोड गरेका छन् । राजविराज पुगेको आयोगको बा ७ च ७४७३ नम्वरको गाडीमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । गाडीका सिसा फुटेका छन् ।

मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यलयमा पनि तोडफोड गरेका छन् । उनीहरुले नगरपालिका भवनको सिसाहरु तोडफोड गरेका हुन् । सप्तरीमा हिजो भएको घटनामा मोर्चाका तीन कार्यकर्ता मारिएपछि मोर्चाले दुई दिने मधेस बन्दको आयोजना गरेको छ । बन्दका कारण मधेसको जनजीवन प्रभावित भएको छ ।

विशेष