News

निरन्तर झडप पछि सप्तरीमा कर्फ्यु लाग्यो

निरन्तर झडप पछि सप्तरीमा कर्फ्यु लाग्यो

फागुन २४ । प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि सप्तरी थप तनावग्रस्त भएको छ । मंगलबार बिहानदेखि नै प्रहरी र मधेसी मोर्चाबीच झडपले उग्र रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको छ । सप्तरी प्रशासनले सदरमुकाम राजबिराजमा कर्फ्यु आदेश जारी गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार हिजोबाट सुरु भएको तनाव मंगलबार दिउँसोसम्म झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो ।

विशेष