News

सप्तरीका सिडियोसहित सुरक्षा प्रमुख फर्ता बोलाइयो, बल प्रयोग नगर्न गृहमन्त्रीकाे निर्देशन

सप्तरीका सिडियोसहित सुरक्षा प्रमुख फर्ता बोलाइयो, बल प्रयोग नगर्न गृहमन्त्रीकाे निर्देशन
फागुन – २४ । सप्तरको घटनापछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सुरुक्षा निकायका प्रमुखलाई मन्त्रालय फिर्ता बोलाएको छ । गृहले प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई फिर्ता बोलाएको हो । उनीहरूको ठाउँमा नयाँ टिम पठाउने गृहले तयारी थालेकाे छ । मंगलबार बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीकाे घटना बारे जानकारी लिएका छन् । उनले बल प्रयोग नगरी स्थितिलाई सामान्य अवस्थामा फिर्ता ल्याउनसमेत निर्देशन दिए । उक्त छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । सोमबार नेकपा एमालेको मेची-महाकाली अभियानअन्तरर्गत राजविराजको सभालाई सम्बोधन गर्ने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको ज्याए गएको थियो । साेे घटनापछि सप्तरी लगायत तराईका केही भागमा अहिले पनि तनाव जारी छ । स्थानीय प्रशासनले राजविराज र आसपासका क्षेत्रमा अनिश्चित कालिन कफ्यूसमेत लगाएको छ ।

Bimalendra Nidhi गृहमन्त्रालय

विशेष