News

यी हुन् तनावग्रस्त सप्तरीमा जाने नयाँ सुरक्षा प्रमुख

यी हुन् तनावग्रस्त सप्तरीमा जाने नयाँ सुरक्षा प्रमुख
फागुन – २४ । गृह मन्त्रालयले सप्तरीमा नयाँ सुरक्षा प्रमुखको टोली पठाएको छ । सोमबारको गोली काण्डपछि गृहले नेपाल प्रहरीका एसपी अनुराग दुवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखको रुपमा सप्तरी पठाएको हो । सप्तरीको घटनापछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर खड्कालाई फिर्ता बोलाएको थियो । प्रजिअकाे अहिले भने अहिलेसम्म टुंगाे लागेकाे छैन । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार बिहान तीनवटै सुरक्षा निकायका प्रमखहरुलाई प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीको घटना बारे जानकारी लिएका थिए । उक्त छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो । सोमबार नेकपा एमालेको मेची-महाकाली अभियानअन्तरर्गत राजविराजको सभालाई सम्बोधन गर्ने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको ज्याए गएको थियो । साे घटना पश्चात मोर्चाका कार्यकर्ता आक्रोसित बनेपछि सप्तरीलगायत तराईका केही भागमा अहिले पनि तनाव जारी छ । स्थानीय प्रशासनले राजविराज र आसपासका क्षेत्रमा अनिश्चित कालिन कफ्यूसमेत लगाएको छ ।

सुरक्षा प्रमुख

विशेष