विदेश

इटलीको जनसङ्ख्या फेरि घट्यो, जन्मदर पनि कम

इटलीको जनसङ्ख्या फेरि घट्यो, जन्मदर पनि कम
फागुन - २४ । इटलीको जनसङ्ख्या सन् २०१६ मा फेरि कम भएको छ। सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जन्मदर पनि कम भएको छ। सन् २०१७ को जनवरी १ सम्ममा इटलीको जनसङ्ख्या छ करोड ५७ लाख रहेको छ। यो जनसङ्ख्या अघिल्लो वर्षको भन्दा ८६ हजार कम भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। सन् २०१५ मा जन्मिनेको सङ्ख्या चार लाख ८६ हजार रहेको र सन् २०१६ मा चार लाख ७४ हजार जना जन्मिएको कार्यालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ। अघिल्लो वर्ष कुल जन्मदर १.३४ रहेको थियो भने प्रत्येक महिलालाई १‍.३५ प्रतिशत बालबालिका परेको थियो । युरोपियन युनियनका सदस्य देशमध्ये सन् २०१५ मा इटली सबैभन्दा कम जन्मदर भएको देशमा परेको थियो । सिन्ह्वा

Itali

विशेष