News

सरकारले सप्तरीको नयाँ सिडिओमा कटवाललार्इ पठायो

सरकारले सप्तरीको नयाँ सिडिओमा कटवाललार्इ पठायो
फागुन - २४ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा कृष्णबहादुर कटवाललाई पठाएको छ। अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए। त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ। यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो । मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए। सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो । रासस

कृष्णबहादुर कटवाल सप्तरी नयाँ सिडिओ

विशेष