News स्वास्थ्य

अञ्जना जसले ओलीलाई मृगौला दिएर बचाइन्

अञ्जना जसले ओलीलाई मृगौला दिएर बचाइन्
पूर्व–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिको केन्द्र मानिन्छन् । यहाँ सम्म आइपुग्दा उनले जेलनेल लगायत संघर्षका कैयौं घुम्ती पार गरेका छन् । निसन्तान ओलीको यो लामो संघर्षमा अञ्जना घिमिरेले ठूलो गुण लगाइन् । सायद अञ्जनाले ओलीको अवस्था नबुझिदिएको भए उनी हामी माँझ हुने थिएनन् । २०६४ सालमा ओली निकै बिरामी परे । उनका दुवै मृगौला फेल भइसकेका थिए । चिकित्सकले प्रत्यारोपण गर्दा राम्रो हुने सुझाए । केवल जीवन जिउनको लागि डायलासिसले मात्र सम्भव हुन्थ्यो । राजनीतिमा सक्रिय हुन सम्भव हुंदैनथ्यो । प्रत्यारोपण त गर्ने ? तर कस्ले दिन्छ मृगौला ? ओली असमञ्जमा परे । परिवारभन्दा बाहिरको मृगौला लिन कानुनी झण्झट थियो । परिवारभित्रबाट दिने को होला ? ओली इन्तु न चिन्तुमा परे । ओलीको चिन्ता दूर गरिदिइन् अञ्जना घिमिरेले । नाताले भाइ बुहारी पर्ने अन्जना ओलीका लागि नयां जीवन दिलाउने आमा बनेर उपस्थित भइन् । ०६४ सालमा २१ वर्षकी मात्रै थिइन् अञ्जना । अञ्जनाले आंट गरेपछि ओली हच्किए । बच्चीको मृगौला लिएको भनिठान्लान भनेर उनले अञ्जनाको मृगौला नलिने सोचपनि बनाए । तर, अञ्जनाले मृगौला दिइछाड्ने जिद्धि गरिन् । अञ्जनाका बाआमासँग पनि छलफल भयो । एमालेको राजनीतिमा सक्रिय उनीहरुले ओली बचाउन त्याग गर्ने बताए । अञ्जना १५ महिनाको काखे छोरोलाई घरमै छोडोर मृगौला दान गर्न दिल्ली हानिइन् । दिल्ली स्थित एपोलो हस्पिटलमा ओलीको मृगौला फेरियो । मृगौला दान गरेवापत उनले केही प्रतिफल खोजिनन् । सामान्य जीवन जिएकी छन् । अञ्जनाले मदन भण्डारी स्कुलमा केही समय पढाइन् । त्यस्तै सहकारी र होलसेल पसलमा काम गरिन् । आफ्नै किराना पसल संचालन गरिन् । केही महिनासम्म अन्नपूर्ण पोष्टमा पनि काम गरिन् । अहिले भने उनी सामान्य जीवन बिताइरहेकी छन् । मानिसका सामान्यतया दुईवटा मृगौला हुन्छन् । स्वस्थ मानिस एउटै मृगौलाको भरमा बाँच्न सक्छ । त्यसैले अन्जनाले एउटा मृगौला ओलीलाई उपहार दिएकी थिइन् ।

Anjan Ghimire Kidney KP Sharma Oli

विशेष