News

सप्तरी घटना: कपिलवस्तुको जनजीवन प्रभावित

सप्तरी घटना: कपिलवस्तुको जनजीवन प्रभावित
फागुन - २५ । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको दुई दिने मधेस बन्दको दोस्रो दिन कपिलवस्तुको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताले बिहानैदेखि तौलिहवा र आसपासका क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। बन्दका कारण जिल्लाको पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा ठप्प रहेको छ। यसैगरी तौलिहवा जितपुर, कृष्णनगर चन्द्रौटा, तौलिहवा लुम्बिनी सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। बन्दकर्ताहरुले प्रमुख ठूला तीन दल विरोधी नारावाजी गर्दै सदरमुकाम तौलिहवामा जुलुस प्रदर्शन गरेका छन् । बन्दका कारण तौलिहवा, कृष्णनगर, चन्द्रौटा, बहादुरगन्ज, महाराजगन्ज, पकडीलगायतका बजार पूर्णरुपमा बन्द छन्। मोर्चाको बन्दले दुवै दिन कृष्णनगर भन्सार कार्यालय र सुठौली छोटी भन्सार नाकाबाट आयात निर्यात कार्य ठप्प हुँदा राजस्व सङ्कलन हुन सकेको छैन ।

सप्तरी घटना

विशेष