विदेश

बालबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु

बालबालिका स्याहार गृहमा आगलागी, १९ किशोरीको मृत्यु
फागुन २६ । ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको मृत्यु भएको छ । ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा अन्य २५ जना घाइते भएका छन् । आगलागीमा परी ज्यान गुमाउनेमा १४ देखि १७ वर्ष उमेरका किशोरी छन् । बालबालिका स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने आशंका त्यहाँका अधिकारीहरुले गरेका छन् । आगलागी हुनुअघि स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । स्याहार गृहबाट झन्डै ६० जना बालबालिका भागेका छन् । स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेपछि झडप भएको बताइएको छ ।स्याहार गृहमा अनाथ बालबालिका रहने गरेका थिए । चार सय जनाको क्षमता रहेको गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Gwatemala

विशेष