News

भारतीय सुरक्षाकर्मीको नेपाली सीमामा ज्यादती, गोली प्रहारबाट एक नेपालीको ज्यान गयो

भारतीय सुरक्षाकर्मीको नेपाली सीमामा ज्यादती, गोली प्रहारबाट एक नेपालीको ज्यान गयो
फागुन २६ । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली चलाएको हो ।  गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

Indian Police

विशेष