News

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी - 'एसएसबीले गोली चलाएको होइन'

कञ्चनपुर घटनामा भारतीय दूतावासको दाबी - 'एसएसबीले गोली चलाएको होइन'
फागुन - २६ । कञ्चनपुरको सीमा क्षेत्र आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली नचालएको भारतीय दूतावासले दाबी गरेको छ । विहीबार एक विज्ञप्ति निकाल्दै काठमाडौँस्थित भारतीय दूतावासले आनन्द बजार घटनामा एसएसबीले गोली नचलाएको दाबी गरेको हो । विहीबार दिउँसो भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरका गोविन्द गौतमको मृत्यु भएको थियो । नेपाल–भारत सीमा क्षेत्र नजिक पानी निकासका लागि ह्युम्पाइप राख्ने क्रममा नेपाल र भारतीय नागरिकबीच विवाद भएपछि भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए । नेपालीको मृत्युपछि कञ्चनपुरको अवस्था तनावग्रस्त बनेको छ । घटनाको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
https://twitter.com/IndiaInNepal/status/839792664929255424
https://twitter.com/IndiaInNepal/status/839794553213210624 https://twitter.com/IndiaInNepal/status/839794643923427329

विशेष