News

जाजरकोटको पासाघाटमा यात्रुबहाक बस दुर्घटना

जाजरकोटको पासाघाटमा यात्रुबहाक बस दुर्घटना
फागुन – २६ । जाजरकोटको पासाघाट यात्रुवबहाक बस दुर्घटनामा परेको छ । बिहिबार दिउँसो ४ मा लु ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो । खलंगाबाट छुटेको उक्त यात्रुवहाक वसमा ५० जनाभन्दा वढी यात्रु सवार थिए । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने भेरी मालिका नगरपालिकास्थित पासाघाटमा बस दुर्घटनामा परेको हो । बस अफ्ठ्यारो भिरमा खसको बताइएको छ । दुर्घटनामा ठूलो मानवीय क्षति भएको प्रहरी अनुमान गरेको छ । दुर्घटनास्थलमा प्रहरी पठाइएको र घटनाबारे थप विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

विशेष