नेपाल र केन्याबीचको खेल र होलीको सुरक्षाको लागि २ हजार सुरक्षाकर्मी खटाइने


फागुन–२६ । यही शनिबार कीर्तिपुरमा हुने नेपाल र केन्याबीच हुने आइसिसी वल्र्ड क्रिकेट लिगलाई लक्षित गरी नेपाल प्रहरीले विषेश सुरक्षा योजना बनाएको छ । मैदानको सुरक्षाको लागि एक हजार सुरक्षाकर्मी खटाइने भएको छ । खेलाडी र खेलस्थलको सुरक्षाको लागि नेपाल प्रहरीका ८ सय र सशस्त्र प्रहरीका २ सय गरी बम डिस्पोजल टोली र तालिमप्राप्त कुकुरको पनि प्रयोग हुने भएको छ । नेपाल र केन्याबीचको खेल शनिबार र सोमबार कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ । यसका साथै आईतबारको होलीलाई पनि लक्षित गरी नेपाल प्रहरीले एक हजार प्रहरी खटाइने बिहीबार पत्रकार सम्मेलन मार्फत प्रहरीले जनाकारी गराएको हो । होलीको अवसरमा जथाभावी लोला हान्ने र रङ छ्याप्नेलाई प्रहरीले तत्काल कारबाही गरिने बताइएको छ । होली सुरक्षा अन्तर्गत उपत्यकाका १ सय ७ स्थानमा पिकेट, स्ट्राइकिङ लगायतको चेकिङ पनि हुने भएको छ । आइसिसी वल्र्ड क्रिकेट लिग क्रिकेट खेल सुरक्षाकर्मी होली