News

(अपडेट) जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, गम्भीर घाइतेलाई काठमाडौं ल्याउने तयारी

(अपडेट) जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, गम्भीर घाइतेलाई काठमाडौं ल्याउने तयारी
फागुन – २६ । जाजरकोटको पासाघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ भने ४१ भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको छ । [caption id="attachment_60059" align="alignnone" width="640"] तस्बिरः दीपबहादुर घर्ती[/caption]
विहीबार दिउँसो करिब चार बजे सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको लु ३ ख २२७९ नम्बरको यात्रुबहाक बस भेरीमालिका– ४ बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको थियो । बस भीरबाट करिब चार सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ । उक्त घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जनाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घाइते सबैको उपचार जिल्ला अस्पताल खलंगामा भाइरहेको छ । अस्पतालमा बेड अपुग हुँदा केही विरामीलाई अस्पताल परिषरमा राखेर उपचार गरिदै छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी हुँदै छ । क्षमताभन्दा वढी यात्रु र घुम्ती तथा अोरालाे बाटोमा तिब्र गतीका कारण बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । २३ जना यात्रुको चलानी लिएर हिँडेको बसमा ५० भन्दा वढी यात्रु भएको बताइन्छ ।

road accident

विशेष