वाग्मती सरसफाइ घोषणापत्र जारी गरिने

फागुन–२६ । वाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्ता यही फागुन २८ गते सरसफाइ घोषणापत्र जारी गरिने भएको छ ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान दुई सयौँ हप्तामा प्रवेश गर्न लागेका अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शनिबार बिहान ७ बजेदेखि वाग्मती किनारका १८ स्थानमा सफाइ गरिने छ ।
समितिका उपसंयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले सुन्दरीजल, भद्रवास फ्लोरीकल्चर, गोकर्ण, जोरपाटी, नारायणटार पुल, गोठाटार पहेँलो पुल, गुह्येश्वरी, पशुपति राममन्दिर, तिलगङ्गा आँखा अस्पताल, सिनामङ्गल नयाँ पुल, मीनभवन पुल, महादेवस्थान पुल, शङ्खमूल मनोहरा, धोबीखोला र टेकु दोभान, थापाथली र बल्खु पुल, सुन्दरीघाट तथा चोभार जलविनायकमा सफाइ एवम् पदयात्रा गर्ने तयारी भएको जानकारी दिए ।
वाग्मती सफाइपछि सुरु भएका सहायक नदीको सफाइबाट समेत हालसम्म सात हजार दुृई सय मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । अहिलेसम्मको सफाइमा पाँच लाख २० हजार स्वयम्सेवक खटिएका छन् । महाअभियानले देशभरको नदी सफाइमा पनि सकारात्मक परिवर्तन ल्याएको छ ।
हाल २५ जिल्लामा विभिन्न नदी एवम् सार्वजनिकस्थल सफाइ अभियान सञ्चालन सुरु भएको वाग्मती सफाइ अभियाकर्मी डा राजु अधिकारीले जानकारी दिए । आगामी मूल कार्यक्रम शनिबार बिहान ९ः०० बजे शङ्खमूलमा आयोजना गरिने छ । रासस
घोषणापत्र
महाअभियान
वाग्मती सरसफाइ