News

(अपडेट) जाजरकोट बस दुर्घटनामा कम्तिमा २४ को मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने

(अपडेट) जाजरकोट बस दुर्घटनामा कम्तिमा २४ को मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने
फागुन – २६ । जाजरकोटको पासाघाडमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ भने दर्जनाैँ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । [caption id="attachment_60073" align="alignnone" width="960"] तस्बिरः दीपबहादुर घर्ती[/caption]
विहीबार दिउँसो करिब चार बजे सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको लु ३ ख २२७९ नम्बरको यात्रुबहाक बस भेरीमालिका –४ बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको थियो । बस भीरबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै रेडक्रसकर्मीहरुल खटिरहेका छन् । उक्त घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्यको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरी नायव उपरीक्षक भावेष रिमालले जानकारी दिएका छन् । घाइते सबैको उपचार जिल्ला अस्पताल खलंगामा भाइरहेको छ । अस्पतालमा बेड अपुग हुँदा केही विरामीलाई अस्पताल परिषरमा राखेर उपचार गरिदै छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी हुँदै छ । क्षमताभन्दा वढी यात्रु र घुम्ती तथा अोरालाे बाटोमा तिब्र गतिमा बस चलाउँदा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । २३ जना यात्रुको चलानी लिएर हिँडेको बसमा ५० भन्दा वढी यात्रु भएको बताइन्छ । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

विशेष