News

अर्का एक घाइतेको मृत्यु, सप्तरी गोलीकाण्डमा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

अर्का एक घाइतेको मृत्यु, सप्तरी गोलीकाण्डमा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे
फागुन–२७ । सप्तरीमा एमालेको मेची–महाकाली अभियानको क्रममा भएको झडपमा प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या पाँच पुगको छ । एमालेको राष्ट्रिय अभियानलाई विथोल्न खोजेको मोर्चा कार्यकर्ता र प्रहरीबीच झडपहुँदा प्रहरीले गोली चलाएको थियो । सोमबार प्रहरीको गोली लागेर घाइते भएका सप्तरी मध्यपुरका ५५ वर्षीय इनर यादवको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । सप्तरीको जगेन्द्र नारायणसिंह औद्योगिक क्षेत्र नजिकै भएको प्रहरीसँगको झडपमा गोली लागेर सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने वीरेन्द्र महतो, पिताम्बर मण्डल र आनन्द शाहको उपचारको क्रममा मृत्यु भएको थियो । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा घाइतेको नि : शुल्क उपचार गर्ने घोषणा गरेपछि मोर्चाका नेताहरु र पीडित परिवारको सहमतिमा चिकित्सकहरुले सप्तरी घटनामा मारिएकाहरुको पोष्टमार्टम सुरु गरेको बताइएको छ । पोष्टमार्टम सकिएपछि परिवारलाई शव बुझाइने छ ।

एमाले झडप मेची– महाकाली अभियान सप्तरी गोलीकाण्ड

विशेष