News

मोदीका सुरक्षा सल्लाहकार डोवलले कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलार्इ गरे टेलिफोन

मोदीका सुरक्षा सल्लाहकार डोवलले कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलार्इ गरे टेलिफोन
फागुन–२७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलले कन्चनपुरको पुनर्वासमा बिहीबार भएको घटनाबारे दुः ख व्यक्त गरेका छन् । डोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन मार्फत घटना दुः खद् भएको जनाउँदै त्यसको छानबिन प्रक्रिया अघि बढाएको बताका छन् । बिहीबार सीमानामा भारतीय एसएसवीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको थियो । डोभलले शुक्रबार दिउँसो प्रधानमन्त्री दाहाललाई फोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री दाहालको वेभ साइटमा उल्लेख गरिएको छ । डोभलले भारतले घटनाको छानबिन अघि बढाएको भन्दै छानबिन प्रक्रियामा कूटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोस्टमार्टम् रिपोर्टलगायतका जानकारी उपलब्ध गराउन प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए । टेलिफोन संवादकाक्रममा प्रधानमन्त्री दाहालले कन्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए । प्रधानमन्त्री दाहालले भारतको छानबिनपश्चात दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको डोभललाई सुनाएको पनि जनाइएको छ ।

कन्चनपुर टेलिफोन वार्ता पुष्पकमल दाहाल मोदी सुरक्षा सल्लाहकार अजित डोवल

विशेष