विदेश

अष्ट्रेलियामा १४ प्रतिशत रोगीको उपचारका लागि भाङको प्रयोग

अष्ट्रेलियामा १४ प्रतिशत रोगीको उपचारका लागि भाङको प्रयोग
फागुन - २७ । अष्ट्रेलियामा करिब १४ प्रतिशत मिर्गी रोगीले आफ्नो उपचारका लागि भाङको प्रयोग गर्ने गरेको एक अध्ययनबाट खुलासा भएको छ । युनिभर्सिटी अफ सिड्नीुले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले १४ प्रतिशत मिर्गीका रोगीले भाङको प्रयोग गरी गैरकानूनी रूपमा नै आफ्नो उपचार गरिरहेको पाइएको जनाइएको छ । यसरी उपचार गर्नेमा बालबालिकादेखि वृद्धवृद्धा समेत रहेको अध्ययनले देखाएको हो ।यो प्रतिवेदनबाट भाँङ मिर्गीको उपचारमा उपयोगी हुने देखिएको छ । तर यसको उपयोग गर्न उपचारका लागि आवश्यक मात्रा र रोगको प्रकृतिबारे व्यवहारिक ज्ञान अनिवार्य हुनुपर्ने अध्ययन समूहका प्रमुख अनास्तासिया सुराइभले बताएका छन् । यद्यपी भाङलाई औषधीको रूपमा प्रयोग गर्दा यसबाट अन्य जटील समस्या निम्त्याउँदैन भन्ने पुष्टी गर्न वैज्ञानिक अध्ययन गर्नु जरुरी रहेको बताइएको छ । अष्ट्रेलियाली जनतामा उपचारका लागि भाङप्रति आकर्षण हुनुमा मिर्गी रोगका लागि चिकित्सकबाट दिइने औषधीबाट देखिने ुसाइड इफेक्टु र रोग नियन्त्रणमा औषधीको प्रभावकारिता नै प्रमुख कारक मानिएका छन् । सुराइभले भने 'अध्यययनका क्रममा थुप्रैले भाङद्वारा गरिएको उपचारले आफ्नो समस्या कम भएको जानकारी दिएकाले भाङमा मिर्गी रोग नियन्त्रण गर्नसक्ने यथेष्ठ तत्व छ वा छैन भन्ने थप अध्ययन जरुरी हुनेछ ।' प्रयोगकर्ता मध्ये ७० प्रतिशतले आफूलाई भाङको प्रयोग उपचारका लागि सहयोगी बनेको बताएका थिए । मिर्गी रोगीलाई सही उपचारमा भाङको प्रयोगबारे प्रयोगकर्ता र स्वास्थ्य व्यवसायीबीच ज्ञान आर्जन हुनु आवश्यक भएको छ । यदि यो उत्तम विकल्प भएमा हाम्रा गाउँ तथा जङ्गल क्षेत्रमा ठूलो मात्रामा उत्पादन भै झारकै रुपमा खेर जाने र गैरकानूनी रुपमा बजारमा जाने यस औषधीजन्य जडीबुटीको सही प्रयोग हुनु आवश्यक भएको अर्का शोधकर्ता तथा इपिलेप्सी एक्सन अष्ट्रेलिया क्यारोल आएरल्याण्डका कार्यकारी प्रमुखले बताए । एएफपी

भाङ

विशेष