News

गाविस/जिविस खारेज, ७ सय ४४ स्थानीय तह आजैबाट कार्यन्वयनमा

गाविस/जिविस खारेज, ७ सय ४४ स्थानीय तह आजैबाट कार्यन्वयनमा
फागुन - २७ । सरकारले गाउँ विकास समिति र जिल्ला विकास समितिको संरचना खारेज भएको घोषणा गरेको छ । नवनियुक्त उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसको संरचना भंग भएको घोषणा गरेका हुन् । राजपत्रमा सूचना प्रकासित गरेर पुरानो स्थानीय निकायको अस्तित्वलाई भंग गरी नयाँ संरचना काम गरेको हो । नयाँ संरचनाअनुसार ७ सय ४४ गाउँपालिका कार्यन्वयनमा आउने छन् । यसअघि गाविसबाट हुँदै आएका कामकारवाही अब गाउँपालिकाबाट हुने छन् । नयाँ संरचनाअनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ भने काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् ।
आफ्नो ठेगाना हेर्नुहोस्

gaupalika

विशेष