आज दिनभर वर्षा हुने, छाता बोक्न नभुल्नु होला
फागुन २८ । पश्चिमी वायु र अरब सागरको जलवाष्प नेपालको आकाशमा मडारिएपछि मुलुकभर शनिबार पनि वर्षात हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगका अनुशार शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा ३३ मिलिमिटर पानी परेको छ । यो मात्रा भनेको मध्यम नै हो तर शनिबार दिउँसभर पनि पानी पर्ने सम्भावना रहेको छ । मौसमविद प्रधानांगले भने, ‘कुनै बेला मेघ गर्जनसहित त कुनै बेला झरी जस्तो परिरहन्छ । भोलिबाट मौसम खुल्ने आशा गरेका छौं ।’
मौसमको बदलाव देशभर नै छ । सुदुरपश्चिमका केही जिल्लामा आकाश खुलेको छ । तराईमा शुक्रबार बेलुका ठूलो हावा हुन्डरी आएको छ । पहाडी र उपत्यकामा पहाडले छेक्ने भएर त्यस्तो हुन्डरीले प्रभाव पारेन ।