पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता दिन विधेयक पारित
फागुन–२८ । पाकिस्तानमा हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिविधेयक पारित गरेको छ ।
पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको हो । उक्त विधेयकमा राष्ट्रपति हस्ताक्षर गरेपछि कानुनी मान्यता पाउने छ र विधेयकले यही हप्ता भित्र औपचारिक रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ ।
गत वर्ष तल्लो सदन नेशनल एसेम्बलीले उक्त विधेयक पारित गरेको थियो । माथिल्लो सदन सीनेटले केही परिवर्तन गरेपछि यसलाई फेरि नेशनल एसेम्बलीमा पठाइएको थियो । तल्लो सदनमा यो विधेयकको लामो बहस पछि पारित भएको हो ।
पाकिस्तानमा ३८ लाख हिन्दु धर्मावलम्बी रहेका छन् । मुस्लिम मुलुक पाकिस्तानमा यो कुल जनसंख्याको २ प्रतिशत मात्र हो ।
कानुनी मान्यता
पाकिस्तान
विधेयक पारित
हिन्दु विवाह