News

शनिबार पनि निगमले पम्पहरुलाई पेट्रोल दिने, काठमाडौंको लाइन घट्ने दाबी

शनिबार पनि निगमले पम्पहरुलाई पेट्रोल दिने, काठमाडौंको लाइन घट्ने दाबी
  फागुन–२८ । काठमाडौँका पम्पहरुमा केही दिनदेखि लागिरहेको लाइनलाई साम्य पार्न नेपाल आयल निगमले शनिबार पनि थानकोट डिपो खोलेको छ । निगमले शनिबार मात्रै बजारमा ५ लाख लिटरभन्दा बढी पेट्रोल पठाउने तयारी गरेको छ । सामान्य अवस्थामा सार्वजनिक बिदाको समयमा डिपोबाट पम्पमा तेल नपठाउने गरेको निगमले शनिबार भने अहिले देखिएको सवारीको लाइन घट्ने विश्वासको साथ पम्पमा तेल वितरण गर्ने तयारी गरेको हो । तराई क्षत्रेमा उत्पन्न समस्याका कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा पम्पहरुमा लामो लाइन देखिएको छ । त्यसै कारण तेलको माग दोब्बर भएको छ । काठमाडौं उपत्यकामा केही दिनदेखि तेलको अभाव देखिएको छ । धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन लाग्ने गरेको छ । सोमबार सप्तरी भएको घटनापछि तराईका जिल्लामा तनावको वातावरण छ । मधेसी मोर्चाले गरेको विरोध प्रदशर्नको असर तेल आपूर्तिमा नपरेपनि माग भने ह्वात्तै वृद्धि भएको छ । निगमले नियमित जस्तै तेल बजारमा पठाइरहेको दावी गरेपनि एक्कासी माग बढ्दा आपूर्ति प्रभावित भएको छ ।

काठमाडौं नेपाल आयल निगम पेट्रोल शनिबार

विशेष