विदेश

ब्राजिलमा मौरीले आधा घण्टासम्म ५०० पटक टोकेपछि वृद्धाको मृत्यु

ब्राजिलमा मौरीले आधा घण्टासम्म ५०० पटक टोकेपछि वृद्धाको मृत्यु
फागुन–२८ । ब्राजिलमा एक वृद्धाको ५ सय पटक मौरीले टोकेर मृत्यु भएको छ । ८४ वर्षीया डिभिना एम्ब्रोसियो दि जिससलाई करिब आधा घण्टासम्म मौरीले टोकेपछि उनको मृत्यु भएको हो । आफ्नो घर नजिकैको नदीमा दाउरा संकलन गर्न जाँदा मौरीको घार उनले झुक्किएर चलाएपछि मौरीले उनलाई प्रहार गरेको बताइएको छ । उनको रक्षाको लागि पुलिस र अग्निनियन्त्रकको टोली आइपुग्दा उनलाई मौरीले घेरेका थिए । टोलीले मौरीलाई भगाउन आगो बालेर धुँवा निकालेर मौरी धपाउन गरेको प्रयासले सफलता पाउन आधा घण्टा लागेको थियो । मौरी त्यो प्रहारबाट घाइते भएकी डिभिनालाई अस्पताल ल्याएर पनि बचाउन भने सकिएन । डिभिनालाई मौरीको टोकाइबाट एलर्जी थियो कि थिएन भन्ने चाही थाहा नभएको र नभएको भए पनि मौरीको टोकाइबाट लागेको विषले उनको शरीरलाई आघात बनाउन सक्ने अन्तराष्ट्रिय समाचार माध्यममा बताइएको छ ।

ब्राजिल मृत्यु मौरी

विशेष