News

पेट्रोल छर्केर साझा बसमा आगजनी

पेट्रोल छर्केर साझा बसमा आगजनी
काठमाडौँको बालाजु बाइपासमा रोकिराखेको साझा यातायातको बसमा आगजनी भएको छ । एअरपोर्ट – नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा आगजनी भएको हो । दुई जना यात्रुका रुपमा आएका व्यक्तिले पेट्रोल छर्किएर आगजनी गरेको प्रहरीले बताएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएकाे हाे । गाडीमा कोही पनि यात्रु नभएकाले मानवीय क्षति नभएको तर गाडीको सिट जलेको प्रहरीले बताएको छ । शनिबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बन्द गरेकाले बसमा उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगजनीमा संलग्नको खोजी कार्य भइरहेको छ ।

sajha bas

विशेष