News

जाजरकोट बस दुर्घटनाका ८ जना घाइतेलाई काठमाडाैं लगियो

जाजरकोट बस दुर्घटनाका ८ जना घाइतेलाई काठमाडाैं लगियो
फागुन - २८, जाजरकोट । बस दुर्घटनाका ८ घाईतेलाई नेपाली सेनाको हेलिकप्टरमा थप उपचारका लागि सनिवार काठमाडाैँ लगिएको छ । नेपालगञ्जमा उपचार सम्भव नभएपछि ८ जना घाईते विरामीलाई काठमाडाैँ लगिएको हो । नेपालगन्जको भेरी अञ्चल अस्पताल, नेपालगंज मेडिकल कलेज र वेष्टन अस्पतालमा उपचार गराई रहेका ३१ जना घाईते मध्ये ८ जनालाई काठमान्डौंको टिचीङ्ग हस्पीटल रिफर गरीएको हो । रिफर गरिएका घाईतेहरुमा भेरी नगरपालिका–१३ का प्रताव गिरी, भेनपा–११ का सन्तोष मल्ल, भेनपा–१३ का सुजन गिरी, भेनपा–१३ का टेकबहादुर बटाला, भेनपा–११ मटेलाकी ५ बर्षेया बालिका पुनम सुनार, दशेरा ३ का सुरेन्द्र थापा, भेनपा–११ रावतगाउँकी हरिमाँया परियार र कार्किगाउँ–७ का प्रसाद नेपाली गरि ८ जनाको नेपालगंजमा उपचार हुन नसकेपछि काठमान्डौं पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाला पन्थले जानकारी दिए । नेपालगंज उपचार गराईरहेका ३२ जना घाइते मध्ये उपचारको क्रममा नेपालगंज मेडिकल कलेजमा उपचारार्थ भेरी नगरपालिका–११ का रामबहादुर गन्दर्बको गएराती मृत्यु भएको हो । मृतकको संख्या २७ पुगेको छ । रुकुम चोरजहारीमा रहेको मिसन हस्पिटलमा एक जना र जाजरकोट जिल्ला अस्पतालमा तीन जना घाईतेको उपचार भैरहेको छ ।
दीपबहादुर घर्ती/जाजरकाेट 

Jajarkot Road Accident

विशेष