विदेश

सिरियामा बम विस्फोटमा परी कम्तीमा ४० को मृत्यु

सिरियामा बम विस्फोटमा परी कम्तीमा ४० को मृत्यु
फागुन - २८ । सिरियामा बम विस्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । दमास्कसस्थित सिया समुदायको समाधिस्थल नजिकै भएको २ वटा बम विस्फोटमा ४० जनाको ज्यान गएको हो । अन्य एक सय भन्दा बढी घाइते भएका छन् । दमास्कस सिरियाली राष्ट्रपति बसर अल असदको नियन्त्रणमा रहेका क्षेत्र हो । सिया समुदायको पवित्र स्थलमा सुन्नी विद्रोहीले पटक पटक आक्रमण गर्ने गरेका छन् । सिरियामा गत डिसेम्बरमा देशव्यापी युद्धविरामको घोषणा गरिए पनि आक्रमण घटेको छैन ।

Syria War

विशेष