News

गौतमलाई एघार तोपको सलामी, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

गौतमलाई एघार तोपको सलामी, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी
फागुन – २८ । भारतीय सुरक्षा वल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार अन्त्यष्टि हुने भएको छ । गौतमलाई एघार तोपको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालका अनुसार गौतमको अन्त्येष्टीमा नेपाल प्रहरीले तोपसहित शोक धुन बजाउनेछ । उनकोको मृत्यु भएको भोलिपल्टै सरकारले शहीद घोषणा गरेका थियो । सरकारले उनको परिवारलाई राहत र बालबच्चाको पठनपाठन निःशूल्क गर्नेसमेत निर्णय गरेको छ । २५ फागुनमा एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको थियो । कञ्चनपुरको आनन्दबजारमा बनाइदै गरेको कल्भर्टको विवादमा एसएसबीले नेपालभित्र आएर गोली चलाउँदा उनको मृत्यु भएको हो । गौतमको निधनपछि आनन्दबजारमा दिनहूँ विरोध प्रदर्शन भइरहेको छ भने देशभर विरोध भइरहेको छ ।

Gobinda Gautma Kanchanpur

विशेष