विदेश

इराकको एक कारागार नजिक ५ सय शव गाडिएको सामुहिक चिहान फेला

इराकको एक कारागार नजिक ५ सय शव गाडिएको सामुहिक चिहान फेला

फागुन २९ । इराकको मोसुल सहरस्थित एक कारागार नजिक ५ सय भन्दा बढी शव गाडिएको सामुहिक चिहान फेला परेको छ ।

ईस्लामिक अतिवादी समुह आइएसले सर्वसाधारणको सामूहिक हत्या गरि गाडेको हुनसक्ने सरकारी सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ । ६ सय भन्दा बढी शिया मुसलमान बन्दीको हत्या गरिएको शिया समर्थित समुहले दावी गरेको छन् ।

सन् २०१४ मा कारागार नियन्त्रणमा लिएको आईएसबाट सरकारी सेनाले गत साता पुन नियन्त्रण कायम गरेको थियो । शिया, सुन्नि र ईसाई धर्मावलम्वीलाई छुट्टाएर विभिन्न स्थानमा लगिएको घटनामा बाँचेकाहरुले बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Iraq

विशेष