News

शहिद गौतमको शव अन्त्येष्टिका लागि सेती अस्पतालबाट निकालियो (फोटोसहित)

शहिद गौतमको शव अन्त्येष्टिका लागि सेती अस्पतालबाट निकालियो (फोटोसहित)

फागुन २९ । मातृभूमिको रक्षार्थ लड्दालड्दै मृत्यु भएका कैलाली पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिदै छ ।

धनगढीमा अहिले गौतमको शव यात्रामा सहभागी हुन हज्जारौंको संख्यामा सर्वसाधारणको अस्पताल वरीपरी घुँइचो लागेको छ । राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिने भने पनि अझै प्रशासनले कुनै पनि व्यवस्था मिलाउन नसकेको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । गौतमको शव अहिलेसेती अञ्चल अस्पताल धनगढीबाट स्थानीय दोधा नदीतर्फ प्रस्थान गरेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गत बिहीबार मृत्यु भएका गौतमको अन्त्येष्टिमा ११ तोपको सलामी दिने निर्णय सरकारले गरेको थियो ।

सीमा नजिक बनाइएको कल्भर्ट विवादमा भारतीय प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो ।

Gobinda Gautam

विशेष