News

शहीद गोविन्द गौतमको शवयात्रामा सयौँ सर्वसाधारण सहभागी

शहीद गोविन्द गौतमको शवयात्रामा सयौँ सर्वसाधारण सहभागी

फागुन–२९ । भारतीय सीमा सुरक्षाबल एसएसबीको गोली लागेर मृत्यु भएका कञ्चनपुरस्थित पुनर्वास नगरपालिका ८ का गोविन्द गौतमको शवयात्रा निकालिएको छ । मृत्यु भएसँगै शहीद घोषणा गरेर राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्न शवयात्रामा सयौँ मानिस सहभागि भएका छन् । शवयात्रा धनगढी बजार, डोके बजार हुँदै पुनर्वासको दोदा नदीमा पुगेको छ । गौतमको दोदा नदीमा उच्च सम्मानका साथ अन्तिम संस्कार हुनेछ । उनलाई अन्तिम श्रद्धाञ्जली दिएसँगै उनको दोदा नदी किनारमा ११ तोपको सलामी दिने बताइएको छ ।
शहिद घोषणा नहुन्जेल पोष्टमार्टम गर्न नदिएका स्थानीय बासिन्दा र आफन्त सरकारले घोषणा गरेपछि पोष्टमार्टमको लागि तयार भएका थिए । गौतमको शनिबार सेती अंचल अस्पतालमा पोष्टमार्टम भएको हो । शवयात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन धनगढी आसपास,डोके बजार र धनगढी–पुनर्वास मार्गमा ठूलो संख्यामा सुरक्षाकर्मिहरु परिचालन गरिएको छ ।

कञ्चनपुर गोविन्द गौतम शवयात्रा

विशेष