विदेश

नरेन्द्र मोदीको छिमेक नीति फेरिन सक्ने !

नरेन्द्र मोदीको छिमेक नीति फेरिन सक्ने !

फागुन ३० । प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको बाचा लामो समय टिकेन ।

नेपाल मामिलालाई पुनः पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनले, जसले गर्दा यतिखेर नेपाल र भारत सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’ स्तरमै कायम हुन पुगेको छ । राजनीतिक तह ‘सेरेमोनियल’ मात्र देखिन थालेको छ ।

भारतीय प्रधानमन्त्रीको स्तरमा १७ वर्षसम्म नेपाल भ्रमण हुन सकेको थिएन, जसलाई मोदीले २०७१ साउनमा भ्रमण गरेर तोडे । त्यसको चार महिना नहुँदै मंसिरमा काठमाडौंमा १८ औं शिखर सम्मेलनमा सहभागी हुँदै राजनीतिक तहमा सम्बन्ध स्थापना भएको सन्देश फेरि दिए ।

त्यसको केही समयमै नेपाल मामिला विस्तारै प्रशासनिक तहमा छोड्दै गए । पुरानै शैलीको निरन्तरतामा फर्कियो सम्बन्ध । मोदीको स्तरमा पछिल्लो समय राजनीतिक विषयमा छलफल हुन सकेको छैन ।

राजनीतिक स्तरको जानकारी राख्ने तर सीधा प्रभाव नराख्ने नीतिमा रहेका मोदी अहिले आन्तरिक रुपमा बलियो बने । उत्तर प्रदेश र उत्तराखण्डमा विजयपछि मोदी आफ्नो दल र संसदमा बलियो भएका छन् ।

उनले आफूले भनेझैं ‘छिमेकी सँगै’ नीतिलाई अघि बढाउन सक्ने अडकलबाजी बाहिर आएका छन् ।

टाइम्स अफ इन्डियामा इन्द्रानी बाग्छीको समाचारलाई आधार मान्ने हो भने मोदीले छिमेकी नेपाल, पाकिस्तान र बंगलादेश सीधै हेर्न सक्नेछन् ।

विवेक कत्जुले क्याच न्यूजमा लेखेका छन्, ‘मोदीको ध्यान अब छिमेकमै हुनेछ । छिमेक मामिलामा चुकेको स्थानलाई सम्बोधन गर्न उनको खोज्नेछन् ।’

कान्तिपुर

modi Narendra modi

विशेष