विदेश

इथियोपियामा फोहोरको थुप्रोमा पहिरो ४८ जनाको मृत्य सयौं बेपत्ता

इथियोपियामा फोहोरको थुप्रोमा पहिरो ४८ जनाको मृत्य सयौं बेपत्ता
फागुन ३० । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । फोहोर फाल्ने ठाउँमा पहिरो जाँदा पुरिएर उनीहरुको मृत्यु भएको हो । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो । फोहोरको पहाड नै बनेको स्थानमा अस्थायी घर बनाएर मजदुरहरु बस्दै आएका थिए । पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ । घटनामा अझै केही हराइरहेको हुनसक्ने आशंकामा खोजी जारी रहेको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । पहिरो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाउँदै छ

Ethiyopia

विशेष