विदेश

भारतीय रक्षामन्त्रीले दिए राजीनामा

भारतीय रक्षामन्त्रीले दिए राजीनामा

फागुन ३० । भारतीय रक्षामन्त्री मनोहर पर्रिकरले राजीनामा दिएका छन् ।

रक्षामन्त्री पर्रिकर विवादित वक्तव्यका कारण चर्चामा आएकाले गोवाको मुख्यमन्त्री बन्नका लागि राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गोवा विधानसभा चुनावको शनिबार आएको नतिजामा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन । दोस्रो भएको बिजेपीले सरकार बनाउन आवश्यक बहुमत जुटाइसकेको दाबी गरेको छ ।

४० सिटको गोवा विधानसभामा बिजेपीले केही साना दलको सहयोगमा बहुमत पेश गरेको समाचारमा जनाइएको छ । काँग्रेसले पनि सरकार बनाउन आवश्यक २१ सिट र्पुयाएको दाबी गरेको छ । चुनावमा काँग्रेसले १७ र बिजेपीले १३ सिट जितेका थिए ।

Manohar Parikar

विशेष