विदेश

मनोहर बने गोवाका मुख्यमन्त्री

मनोहर बने गोवाका मुख्यमन्त्री

फागुन ३० । भारतीय जनता पार्टीका नेता मनोहर पर्रिकर गोवाका मुख्यमन्त्री नियुक्त भएका छन् । हिजो मात्र रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग भएका पर्रिकरलाई गोवाको मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

गोवाकी राज्यपाल मृदुला सिन्हाले मनोहर पर्रिकरलाई गोवा राज्यको नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनलाई १५ दिन भित्र विश्वासको मत लिन पनि भनिएको छ ।

हिजै मात्र रक्षा मन्त्रालयको जिम्मेवारीबाट अलग भएका उनले भाजपा नेता नितिन गडकरीसँग भेट गरेका थिए । गोवा विधानसभामा ४० सिट मध्ये भाजपाले १३ सिट जितेको छ भने कांग्रेसले १७ सिट प्राप्त गरेको छ । अन्य साना दलले १० सिट प्राप्त गरेका छन् ।

Manohar Parikar

विशेष