विदेश

हाइटीइमा बसले किच्दा ३० जनाको मृत्यु

हाइटीइमा बसले किच्दा ३० जनाको मृत्यु

फागुन ३० । हाइटीको गोनाइभ्स शहरमा अनियन्त्रित यात्रु बसले किच्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

दर्जनौँ घाइते भएका छन् । व्यस्त सडकमा तीव्र गतिमा आएको बसले अन्धाधुन्ध सर्वसाधारणलाई किच्न थालेपछि त्यहाँ भागदौड मच्चीएको थियो । बसले पहिले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । त्यहाँ एक जनाको मृत्यु भएपछि बस चालकले एक्कासी बसलाई अर्को दिशामा मोड्दै बाटोमा रहेको सांगितिक समूहलाई लक्षित गर्दै गाडी चलाएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भीडभाडमा गाडी चलाउँदा भागदौड मच्चिदा मृत्यु भएकाको संख्या बढेको सरकारी अधिकारीले जनाएका छन् । घटनामा मृत्यु भएकामा अधिकांश बालबालिका र बृद्धबृद्धा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाको यकिन कारणबारे बुझ्न बसका चालक र बसमा सबार सबै यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Haiti Buss Accident

विशेष